images
images
  • कुलिङ पिरियड प्रकरणमा माओवादीको टालटुले जवाफ, कांग्रेले नै सत्तापलट गर्ने दाबी

    काठमाडौं– ‘कुलिङ पिरियड’ प्रकरणमा माओवादी केन्द्रले सरकारसँग छानबिनको माग त गरे पनि समितिका सभापतिको राजीनामा माग गर्नबाट भने पछि हटेको छ । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस विषयमा गोलमटोल जवाफ दिएका छन् ।

    सापकोटाले प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवा विधेयक– २०८० मा गरिएको चलखेललाई ‘राष्ट्रिय लज्जा’ भन्दै छानबिनको माग गरे । तर, माओवादीले किन प्रत्यक्ष रुपमा विरोध गरेन भन्ने प्रश्नमा चित्तबुझ्दो उत्तर दिन सकेनन् ।

    यसअघि ‘भिजिट भिसा’ प्रकरणमा १८ दिनसम्म संसद् अवरुद्ध गरेको माओवादीले सत्ता साझेदारहरूसँग दुई बुँदे सहमति गरेपछि आलोचना खेपेको थियो । यसपटक भने माओवादीले सचेत ढंगले प्रतिक्रिया दिएको देखिन्छ ।

    त्यस्तै, कांग्रेसको सानेपा बैठक र एमालेभित्र देखिएको असन्तुष्टि औँल्याउँदै सापकोटाले वर्तमान सरकार दीर्घकालीन नहुने दाबी गरे । यद्यपि सरकार ढाल्ने योजना नरहेको स्पष्ट गरे ।

    पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा सक्रियताबारे माओवादीको संलग्नता नभएको दाबी गर्दै सापकोटाले ‘जागरण अभियान’पछि पार्टीले एक्लै निर्वाचन लड्ने आत्मविश्वास बनाएको बताए । २०८४ को निर्वाचनपछि माओवादी पुनः ठूलो शक्ति बन्ने विश्वास उनले व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images