images
images
  • माधवलाई सिनोको संज्ञा दिने झाँक्रीमाथि ३ दिने अल्टिमेटमसहित स्पष्टीकरणको डण्डा

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

    पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीलाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको छ ।

    नेतृ झाँक्रीले गत शनिबार सार्वजनिक रूपमा पार्टी नेतृत्वमा पुनर्गठनको माग राखेकी थिइन् ।

    पतञ्जलि समूहसँग जोडिएको जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालको नाम आउन थालेपछि उनले पार्टीमा नेतृत्व परिवर्तनको प्रस्ताव अघि बढाउनुपर्ने धारणा राखेकी थिइन् ।

    उक्त अभिव्यक्तिमा झाँक्रीले सिनो बोकेर अघि बढ्न सकिँदैन भन्ने वाक्यसमेत प्रयोग गरेकी थिइन् ।

    उनको यस्तै धारणा र सार्वजनिक टिप्पणीलाई लिएर पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

    अब झाँक्रीले तीन दिनभित्र आफ्नो अभिव्यक्तिको औचित्य प्रमाणित गर्दै पार्टीमा जवाफ बुझाउनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images