images
images
  • रास्वपाको महामन्त्री पदमा पुनःस्थापनाको माग गर्दै मुकुलले दायर गरेको रिट न्यायाधीशद्वयको इजलासमा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा.मुकुल ढकालले आफूलाई पुनः पद बहालीको माग गर्दै दायर गरेको रिटमाथि मंगलबार (असार १७ गते) सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

    यो मुद्दा न्यायाधीशद्वय हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा परेको हो ।

    यसअघि असार १२ गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले डा.ढकालको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षलाई कारण देखाऊ आदेश जारी गरेको थियो । सो रिट ढकालले असार ११ गते दायर गरेका थिए ।

    रिटमार्फत ढकालले आफू रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्ने अधिकार कायम राख्नुपर्ने माग गरेका छन् ।

    अन्तरिम आदेश जारी गर्ने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई आजको सुनुवाइमा उपस्थित हुन आह्वान गरेको हो ।

    गत वर्ष पार्टीको संगठन सुदृढीकरणका लागि देशभरको यात्रा गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरेपछि रास्वपाले ढकालमाथि अनुशासनहीनताको आरोप लगाउँदै कारबाही गरेको थियो । कारबाहीविरुद्ध उनी निर्वाचन आयोग पुगेका थिए ।

    आयोगले ढकाललाई हटाइएको विषयमा आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताउँदै पत्र पठाएको थियो ।

    त्यसको आधारमा डा.ढकालले आफू अझै महामन्त्रीकै हैसियतमा रहेको दाबी गर्दै पार्टीमा बैठक बोलाउने प्रयत्न गरेका थिए ।

    तर, रास्वपाले निर्वाचन आयोगलाई पहिले नै नयाँ नेतृत्वबारे जानकारी गराइसकेको भन्दै ढकालको दाबीलाई अस्वीकार गर्दै आएको छ ।

    यसपटक पार्टी नेतृत्वको मान्यता र ढकालको पदस्थापन सम्बन्धी विवाद सर्वोच्च अदालतको निर्णयमा टुंगो लाग्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images