images
images
  • पाँच देशको भ्रमणमा निस्कदैछन् मोदी

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ बाट पाँच देशको भ्रमण गर्ने भएका छन् । यस आठ दिने भ्रमणमा उनले घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको भ्रमण गर्नेछन् ।

    यस भ्रमणको क्रममा मोदीले ब्राजिलमा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिने बताइएको छ । आफ्नो कार्यकालमा मोदी चौथो पटक ब्राजिलको भ्रमण गर्न जाँदैछन् । जुलाई २ बाट सुरु हुने यस भ्रमणको पहिलो चरणमा उनी घाना पुग्नेछन् ।

    यो उनको पहिलो घाना भ्रमण हुनेछ । यो कुनै पनि भारतीय प्रधानमन्त्रीको ३० वर्षपछिको पहिलो घाना भ्रमण हुनेछन् । मोदीले यहाँ घानाका राष्ट्रपतिसँग भेट गर्नेछन् । यस क्रममा यी दुई शीर्ष नेताले दुई देशको राजनीतिक तथा आर्थिक सम्बन्धबारे छलफल गर्ने भनिएको छ ।

    भ्रमणको अन्तिम चरणमा, मोदी नामिबिया पुग्नेछन् । यो मोदीको नामिबियाको पहिलो भ्रमण हुनेछ । नामिबियाका राष्ट्रपति नेतुम्बो नन्दीको भारतसँग यो पहिलो द्विपक्षीय वार्ता हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images