काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार अर्थात् आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।
संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















