images
images
  • ६८ वर्षको भयो वायुसेवा निगम, आर्थिकरूपमा धराशायी, सेवा निरन्तर खस्किँदो

    काठमाडौँ : नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश गरेको छ। २८ सिट क्षमतायुक्त डोग्लस डीसी तीन डाकोटाबाट सेवा शुरु गरेको निगमले हाल वाइडबडी ए ३३०–२०० सिरिजका विमानमार्फत सेवा दिँदै आएको छ।

    कुनै वेला सानाठूला गरी २१ वटा जहाज रहेको निगमसँग हाल अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका जहाज छन्। यी जहाजबाट आठ मुलुकका १० वटा गन्तव्यमा पुग्ने गरेको छ । त्यसै गरी आन्तरिकतर्फ व्यावसायिक उडानका लागि जहाज नहुँदा १९ सिट क्षमताका दुई वटा साना जहाजबाट दुर्गम भेगका विमानस्थलमा राज्यको उपस्थिति जनाइरहेको छ।

    अहिले समग्र नेपाली हवाई यातायातको अवस्था हेर्दा आन्तरिकतर्फ निगमको बजार हिस्सा ३ प्रतिशत छ भने अन्तर्राष्ट्रियतर्फ २० प्रतिशतको हाराहारीमा मात्र छ।

    हवाई इतिहासमा सन् १९९० को दशकलाई निगमको स्वर्णिम समय मानिन्छ। त्यो वेला जापानको ओसाकादेखि चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहर लण्डन, पेरिस, फ्य्राङ्कफर्टसम्म पुगेको थियो। निगमसँग स्वदेशी विमानचालक प्रशस्त थिए। त्यतिखेर दक्षिण एसियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रूपमा निगमले विश्वका २० वटा शहरमा उडान भर्ने गरेको थियो।

    पछिल्ला केही वर्षयता आर्थिक रूपमा धराशयी बन्दै गए पनि नेपाली हवाई इतिहासको जग बसाल्न निगमको ठूलो भूमिका रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images