images
images
  • रुसविरुद्ध युक्रेनले बारुदी सुरुङ प्रयोग गर्ने, यस्तो छ जेलेन्स्कीको आदेश

    काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सशस्त्र सेनालाई आधिकारिक रूपमा बारुदी सुरुङ प्रयोग गर्न अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन् ।

    युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेका कारण बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध थियो । यद्यपि, रुसले यो सन्धिमा हस्ताक्षर गरेको थिएन र युद्धको समयमा बारुदी सुरुङ प्रयोग गरेको आरोप छ ।

    युक्रेनले त्यस्ता हतियार प्रयोग नगर्दा आफूलाई नोक्सान हुने तर्क गरेको छ । यद्यपि, राष्ट्रपति जेलेन्स्कीको आदेशलाई युक्रेनी संसदले अनुमोदन गर्न भने बाँकी छ ।

    त्यसैगरी, पोल्याण्ड, फिनल्याण्ड र तीन बाल्टिक देशहरू अर्थात् इस्टोनिया, लाटभिया र लिथुआनियाले आधिकारिक रूपमा ओटावा सन्धिबाट बाहिरिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images