काठमाडौं– साइबर अपराधको अभियोगमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा, द्वेष र सामाजिक वैमनस्य फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।
यसअघि प्रहरीको साइबर ब्यूरोले उनलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति माग्दै पक्राउ पूर्जी जारी गरेको थियो ।
तर, उच्च अदालतको आदेशले उनलाई तत्काल नपक्राउ गर्न भनिएको थियो ।
उक्त आदेशको पालना गर्दै प्रहरीले पाठकलाई नपक्राउ गरी नै अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्























