images
images
  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (निर्णसहित)

    काठमाडौं– सरकारको पछिल्लो मन्त्रिपरिषद् बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू भएका छन् । जसलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।

    बैठकले सहकारी संस्थामार्फत लिएको कर्जाको असुली प्रक्रिया प्रभावकारी बनाउन कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष रहेको सो न्यायाधिकरणमा वसन्तराज पुरी र गोविन्द शर्मा गैह्रे सदस्यका रूपमा रहनेछन् । यस न्यायाधिकरणका लागि अधिकृतस्तरका तीन अस्थायी दरबन्दीहरू समेत स्वीकृत गरिएको छ ।

    त्यसैगरी, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त भएका छन् भने सदस्यहरूमा पूवसहसचिवहरू रोहितकुमार विसुवाल र थानेश्वर गौतम रहेका छन् ।

    बैठकले प्रत्येक वर्ष ८८असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ ८८का रूपमा मनाउने निर्णय पनि गरेको छ । नेपाली चलचित्रको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले यो दिवस वार्षिक रूपमा मनाइनेछ ।

    त्यस्तै, रिक्त रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरिएको छ । साथै, सरकारले राष्ट्रिय पर्यटन नीति २०८२ लाई स्वीकृति दिएको छ, जसले आगामी वर्षहरूमा पर्यटन क्षेत्रको दिशा र विकास लक्ष्य निर्धारण गर्नेछ ।

    सरकारका यी निर्णयहरू प्रशासनिक सुधार, न्यायिक सहजीकरण, र सृजनात्मक क्षेत्रको प्रवद्र्धनमा केन्द्रित देखिएका छन् ।

    cabinet 13 asar

    प्रतिक्रिया दिनुहोस्
    images
    images