काठमाडौं– काठमाडौं जिल्ला अदालतबाट एक थुनुवा हत्कडीसहित फरार भएका छन् ।
पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भइ काठमाडौंको गोंगबु बसोबास गर्ने २१ वर्षीय निराजनजंग ठकुरी उर्फ दशरथ शाही आइतबार अदालतबाटै फरार भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी अपीलराज बोहराका अनुसार शाही चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । उनलाई प्रहरी वृत्त सोह्रखुट्टेले थुनामा राखेको थियो ।
थुनछेक बहसका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएका शाही इजलास नम्बर ४ मा पेशीको क्रममा पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने बहानामा हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ ।
शाहीको खोजी कार्य तीव्र पारिएको र उनीमाथि फरारसम्बन्धी थप कारबाही अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























