images
images
  • संघीय र मधेश सरकारबाट बाहिरिँदै जनमत

    काठमाडौं– डा.चन्द्रकान्त रावत ‘सिके’ नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिने प्रस्ताव आएको छ ।

    उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले प्रदेश सरकारबाट बाहिरिनुपर्ने सचिव विपी साहले प्रस्ताव पेश गरेका हुन् ।

    पार्टीको नीति तथा जनपक्षीय काम गर्न नसकेकोले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको साहले बताए ।

    यो प्रस्ताव अध्यक्ष रावतले. कार्यकारिणीमा छलफल गरे पश्चात् पारित हुनसक्ने उनले बताए ।

    यसका साथै जनमत संघीय सरकारबाट बाहिरिने तयारीमा छ ।

    यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकार कांग्रेसले नेतृत्व गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

    त्यसयता जनमत सशंकीत हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images