बुटवल– जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता नदेखिएको भन्दै समर्थन फिर्ता गरिएको जानकारी दिइन् ।
उनका अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता गरिएको पत्र प्रदेशसभा सचिवालयमा बुझाइएको छ ।
काफ्ले लुम्बिनी प्रदेशसभामा जसपा नेपालको तर्फबाट एकल सांसद हुन् । पार्टी विभाजनपछि बाँकी सांसदहरू अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका थिए ।
काफ्लेले भनिन्, “सरकार सञ्चालनमा समावेशिता र सुशासनको अभाव छ, यस्ता कारणले समर्थन कायम राख्नुको अर्थ छैन ।”


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्