images
images
  • विदेश भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

    प्रधानमन्त्री ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यसअघि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

    प्रधानमन्त्री ओलीले स्पेनको राजधानी म्याड्रिडमा असार १६ देखि १९ गतेसम्म सञ्चालन हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने कार्यक्रम छ ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images