images
images
  • साल्जबर्गमाथि सानदार जित निकाल्दै रियल समूह विजेता, अल हिलाल नकआउट चरणमा

    काठमाडौं : फिफा क्लब विश्वकपमा समूह चरणका खेल सकिएका छन्।

    समूह एच अन्तरगत आज बिहान भएका खेल सकिएसँगै क्लब विश्वकपमा प्रि-क्वाटरफाइनलमा खेल्ने १६ टोलीको टुंगो लागेको हो।

    आज भएको खेलमा स्पेनिस जायन्ट रियाल मड्रिडले अष्ट्रियन क्लब साल्सबर्जलाई ३-० गोल अन्तरले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

    मड्रिडको जितमा भिनियस जुनियरले ४०औँ मिनेटमा गोल गरे भने दोस्रो गोल पनि पहिलो हाफमै भएको थियो। पहिलो हाफको इन्जुरी समयमा फेड्रिकोले गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो।

    दोस्रो हाफमा निकै आक्रामक खेल खेलको मड्रिडले तेस्रो गोल भने ८४औँ मिनेटमा गर्‍यो। ८४औँ मिनेटमा गोन्जालो ग्रासियाले गोल गर्दै जित सुनिश्चित गरे।

    आजै भएको अर्को खेलमा साउदी अरबको अल हिलालले मेक्सिकन क्लब पचुकालाई २-० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनायो। अल हिलालका लागि सलिम अल्डावसरीले पहिलो हाफमा गोल गर्दा अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा भयो। ​

    क्वाटरफाइन प्रवेशका लागि रियल मड्रिडले युभेन्टससँग खेल्दा इङ्लिस क्लब म्यानचेस्टर सिटीले साउदी क्लब अल हिलाल प्रतिद्वन्द्वी पाएको छ। समूह जी अन्तरगत गएराति भएको खेलमा सिटीले युभेन्टसलाई ५-२ गोलले हराएर समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनाएको थियो भने पराजित युभेन्टस ६ समूह उपविजेतका रुपमा अन्तिम १६ मा प्रवेश गर्‍यो।

    प्र‍ि-क्वाटरफाइनलमा कसको प्रतिद्वन्द्वी को ?

    समूह ए को इन्टर मियामीले समूह बीको विजेता पीएसजीसँग खेल्दा समूह एको विजेता पाल्मरसले समूह बीको उपविजेता बोताफोगोसँग खेल्नेछ।

    यसैगरी समूह सीको विजेता बफिन्काले चेल्सी प्रतिद्वन्द्वी पाएको छ भने समूह डीको विजेता फ्लामेङ्गोले बायर्नसँग खेल्नेछ। समूह ई को विजेता इन्टर मिलानले समूह एफको उपविजेता फ्लुमेन्सँग खेल्दा समूह एफको विजेता डर्टमुन्डले मोन्टेरेसँग खेल्नेछ।

    प्रि-क्वाटरफाइनलका खेल भोलिबाट सुरु हुनेछन्। भोलि हुने पहिलो खेलमा पाल्मरेसले बोताफोगोसँग राति पौने १२ बजे खेल्दा आइतबार बिहान पौने २ बजे बेफिन्का र चेल्सी आमने-सामने हुनेछन्। आइतबार राति नै पीएसजीले इन्टर मियामीसँग खेल्ने तालिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images