images
images
  • युभेन्टसको पोस्टमा सिटीको ५ गोल

    फिफा क्लब विश्वकपमा म्यानचेस्टर सिटीले युभेन्टसलाई ५–२ गोलअन्तरले पराजित गर्दै समूह जी को विजेता बनेको छ। ​

    जेरेमी डोकुले उत्कृष्ट प्रदर्शन गर्दै इंग्लिस टोलीले समूहमा तीन खेलबाट तेस्रो जित हात पारेको हो पराजित युभेन्टस पनि सुरुवाती दुई खेलमा दुई जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ।

    खेलको ९औं मिनेटमा डोकुले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ को अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि टेयुन कोप्मेइनर्सले गोल गर्दै खेल बराबरीमा ल्याए।

    खेलको २६औं मिनेटमा युभेन्टसका डिफेन्डर पियरे कालुलुले आत्मघाती गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाएका थिए।

    खेलको ५२ औं मिनेटमा स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै म्याथ्युस नुनेसको पासमा जाली चुमाएका थिए। २४ वर्षीय नर्वेजियन खेलाडीलेगरेको यो करियरको ३००औं गोल हो।

    खेलको ६९ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ७५ औं मिनेटमा साभिनोले गोल गर्दै ५–१ को अग्रता दिलाएका थिए।

    खेल सकिन पाँच मिनेट बाँकी छँदा दुसान भ्लाहोभिचले गोल गर्दै युभेन्टसलाई केही राहत दिलाएका थिए ।

    युभेन्टसले गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा थियो। तर सिटीको जितले सिटीलाई शीर्ष स्थानमा पुर्‍यायो। जारी प्रतियोगितामा १३ गोल गरेको सिटी गर्दै प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको थियो। युभेन्टसले भने ११ गोल गरेको छ।

    समूह जी को विजेता सिटीले समूह एचको उपविजेतासँग सोमबार हुने अन्तिम १६ को खेल ओर्लान्डोमा नै खेल्नेछ। अबको केहीबेरमा आरबी साल्जबर्ग र रियल मड्रिडबीचको खेलले प्रतिद्वन्द्वीको टुंगो लगाउनेछ। ​

    युभेन्टस समूहको उपविजेताका रुपमा प्रतिस्पर्धा गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images