images
images
  • पतञ्जली प्रकरण : माधवको संसदीय दलको नेतृत्वमा प्रश्न, दबाब बढाउँदै नेताहरू

    काठमाडौं– माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष र प्रतिनिधिसभा सदस्य तथा पार्टी संसदीय दलका नेता हुन् ।

    पतञ्जली जग्गा प्रकरणमा सांसद पद निलम्बनमा परे पनि उनले न त दलको नेताको जिम्मेवारी छाडेका छन्, न त पार्टी अध्यक्ष । यद्यपि, उनी निलम्बनपछि दल वा पार्टीको कुनै बैठकमा सहभागी भएका छैनन् ।

    पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे दलको उपनेता छन् । नेपाल निलम्बनमा परेपछि दलको नियमित कामकाज पाण्डेले नै सम्हाल्दै आएका छन् । तर, उनलाई दलले औपचारिक रूपमा कार्यवाहक जिम्मेवारी दिएको छैन ।

    पाण्डे भन्छन्, ‘सचिवालयको बैठक शुक्रबार बस्दैछ । त्यहाँ नेपालजीले नै केही भन्नुहोला । अरू साथीका पनि धारणा आउलान् । नेता नहुँदा उपनेताले काम गर्नु त स्वाभाविक हो ।’
    राजनीतिक सन्देश र दलगत उत्तरदायित्व

    नेपालमाथिको मुद्दा केवल कानुनी बहसमा सीमित छैन । यसले दलको आन्तरिक संरचना, नेतृत्वको निरन्तरता र सार्वजनिक सन्देशमा पनि असर पारिरहेको छ । संसदीय अभ्यासमा सांसद पद निलम्बित हुँदा दलको नेतृत्त्व रहनु वा नहुनु राजनीतिक आचरणको प्रश्न हो ।

    यदि नेपाल निलम्बनमुक्त हुन चाहन्छन् भने टेकबहादुर गुरुङको मुद्दा एउटा सम्भावित कानुनी मार्ग बन्न सक्छ । तर, त्यो मार्ग कानुनी रूपमा लागू हुन्छ कि हुँदैन भन्ने अहिलेको लागि खुला प्रश्न हो ।

    पूर्वप्रधानमन्त्री नेपालमाथिको निलम्बन राजनीतिक र कानुनी रूपमा चासोको विषय बनेको छ । टेकबहादुर गुरुङको नजिरले कानुनी बहसलाई नयाँ दिशा दिन सक्ने भए पनि नेपालको मुद्दा प्रकृति, बिगो, र प्रक्रियामा केही भिन्नता देखिन्छ । त्यसैले सर्वोच्च अदालतको ढोका खुला भए पनि त्यस मार्ग रोज्ने वा नरोज्ने अन्तिम निर्णय अहिलेको लागि अनिश्चित छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images