काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहासचिव डा.मुकुल ढकालले पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दैछ ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । ढकालले आफू नै रास्वपाको वैध महामन्त्री भएको दाबी गर्दै सो पदमा काम गर्न र गराउन पाउने व्यवस्था गरिदिन परमादेशसहित उत्प्रेषण आदेश माग गरेका छन् ।
उनले पार्टीको केन्द्रीय कार्यालय, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
बुधबार दर्ता भएको उक्त रिटमा सर्वोच्चले बिहीबार प्रारम्भिक सुनुवाइ गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्























