काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं आप्रवासीहरूलाई लक्षित गर्दै उनीहरूको शरणार्थी दाबी खारेज गर्ने र तिनलाई तत्काल देश निकाला गर्ने योजना बनाएको खुलासा भएको छ । सीएनएनले दुई सरकारी स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।
यो योजना ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रणका व्यापक रणनीतिको पछिल्लो कडी हो । प्रशासनले अमेरिकामा आप्रवासीहरूको संरक्षण अधिकार कटौती गर्ने उद्देश्यले निरन्तर विभिन्न कदम चालेको पृष्ठभूमिमा यो योजना अघि सारिएको हो ।
संघीय आप्रवासन अधिकारीहरूलाई व्यापक रूपमा पक्राउ गर्नुपर्ने दबाबबीच, प्रशासनका केही अधिकारीहरू चुपचाप गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका शरणार्थी आवेदकहरूको फाइल पुनरावलोकन गरेर उनीहरूलाई निर्वासनयोग्य बनाउन सक्रिय रूपमा काम गरिरहेका छन् ।
स्रोतका अनुसार, निशाना बनाइएका अधिकांश व्यक्तिहरूले अमेरिका अवैधानिक रूपमा प्रवेश गरेर त्यसपछि मात्र शरणको लागि आवेदन दिएका थिए ।
यदि प्रशासनको यो योजना कार्यान्वयनमा आयो भने उनीहरूको शरणार्थी मुद्दा खारेज हुनेछ र उनीहरू देश निकाला हुने जोखिममा पर्नेछन्, जसको प्रभाव लाखौं शरणार्थी आवेदकहरूमा पर्न सक्नेछ ।
संघीय प्रतिवेदनहरू अनुसार पछिल्ला वर्षहरूमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (ग्क्ऋक्ष्क्) मा शरणार्थीका लागि आवेदन दिने आवेदकहरू मध्ये करिब २५ प्रतिशतले आफैंले गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको स्वीकार गरेका थिए ।
सन् २०२३ मा सार्वजनिक एक विश्लेषणात्मक प्रतिवेदनअनुसार यस्तो गैरकानुनी प्रवेश गर्ने शरणार्थी आवेदकको संख्या कम्तीमा २ लाख ५० हजार पुगेको छ । बाँकी आवेदकहरू विभिन्न किसिमका भिसा प्रयोग गरेर कानुनी रूपमा प्रवेश गरेका थिए । –रासस


विश्व खबर 


















