images
images
  • दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान महिलालाई अनुमती नदिइने

    चितवन । चितवनको रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा–बुवा वा सासु–ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने भएको छ ।

    नगरपालिकाको नवौं नगरसभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै १७ वटा प्रस्ताव पारित भएको छ ।

    नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ सराइ तोकिएको समयभित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगरभित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमति लिनु पर्ने प्रस्ताव पारित गरेको छ।

    यस्तै, सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images