images
images
  • प्रधानमन्त्रीले तिरे एमालेलाई लेबी

    ललितपुर– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

    सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेका हुन् ।

    अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images