images
images
  • इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

    काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संकठन’ घोषणा गरेका छन् ।

    यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई शत्रुबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ ।

    ‘मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बल सम्बद्ध कम्पनीलाई आतंकवादी संकठनका रूपमा घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गर्नुभयो,’ उनउले कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘इरान विरुद्ध इजरायलको व्यापक अभियानको हिस्सा भएको यो कदमको उद्देश्य इरानी शासनको आतङ्कवादी वित्तपोषण प्रणालीको मुटुलाई लक्षित गर्नु हो । जसले मध्यपूर्वभर आतङ्कवादलाई वित्त पोषण, हतियार र निर्देशन दिन्छ ।’

    लामो समयदेखिका शत्रुहरू इरान र इजरायलले मंगलबार १२ दिनको जवाफी आक्रमण समाप्त गर्दै युद्धविराममा सहमति जनाएका थिए । दुई पक्ष दशकौँदेखि छायाँ युद्धमा फसेका छन् । इजरायलले सन् २०२३ अक्टोबरदेखि गाजा पट्टीमा हमाससहित यस क्षेत्रका धेरै इरान समर्थित समूहसँग लडिरहेको छ ।

    इजरायलले जुन १३ मा सुरु भएको आफ्नो बमबारी अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो । आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ ।

    ‘हामीले एउटा महत्त्वपूर्ण चरण सम्पन्न गरेका छौँ । तर, इरान विरुद्धको अभियान समाप्त भएको छैन । हामी हालको उपलब्धिहरूका आधारमा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ,’ इजरायली सेनाका प्रमुख इयाल जमीरले मंगलबार एक विज्ञप्तिमा भने । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images