images
images
  • समर्थन फिर्ता लिने तयारीमा जसपा, बहुमतको संकटमा राष्ट्रिय सभा, बजेट पास गर्न सकसको संकेत

    काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल थालेको छ ।

    पार्टीका सांसद प्रकाश अधिकारीका अनुसार कार्यकारिणी समितिले समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिइसकेको छ ।

    अब संसदीय दलको बैठक बोलाएर निर्णय लिने तयारी छ ।

    यदि जसपाले समर्थन फिर्ता लिएमा राष्ट्रिय सभामा सरकारको बहुमत गुम्न सक्छ । हाल ५९ सदस्यीय सभामा कांग्रेस, एमाले, जसपा र लोकतान्त्रिक समाजवादीसहित सत्तापक्षसँग ३१ मत छ ।

    तर, जसपाका तीन सांसदले समर्थन फिर्ता लिएमा सत्तापक्षको मत २८ मा झर्नेछ ।

    माओवादी अध्यक्ष प्रचण्ड पक्षधर मनोनित सांसद नारायण दाहाल र तटस्थ देखिएका वामदेव गौतमको भूमिकाले पनि सत्तापक्षको स्थितिमा असर पार्न सक्छ ।

    दाहाल राष्ट्रिय सभा अध्यक्ष भएकाले उनले बराबरी अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।

    यसरी बहुमत गुमेपछि सरकारले राष्ट्रिय सभामा बजेटसहितका विधेयक पारित गराउन गाह्रो हुन सक्छ ।

    बजेट १२ असारमा राष्ट्रिय सभामा टेबल हुँदैछ भने १७ गतेसम्म पारित गर्ने कार्यतालिका छ ।

    यसअघि पनि जसपाको असहमतिका कारण भूमिसम्बन्धी विधेयक अगाडि बढाउन सरकारले सकिरहेको थिएन ।

    समर्थन फिर्ता भएमा बजेटपछि अन्य विधेयकहरू पनि रोकिने सम्भावना बलियो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images