images
images
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित, न्यायाधीशत्रयको इजलासमा बयान

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबारदेखि विशेष अदालतमा बयान दिन थालेका छन् ।

    विशेष अदालतमा बुधबार हाजिर भएपछि नेपालले न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आफ्नो बयान दिन सुरु गरेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित शंकरपुर नगरपालिका–६ को १० बिगाहाभन्दा बढी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    विशेष अदालतको सोही दिनको दैनिक पेसी सूचीअनुसार इजलास नम्बर २ मा नेपालविरुद्धको मुद्दा पहिलो नम्बरमा राखिएको छ ।

    पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री हुँदा सो जग्गा पतञ्जलीलाई दिने निर्णयमा भूमिका खेलेको आरोप आयोगले लगाएको छ ।

    उनीसँगै तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, सचिवहरू र अन्य अधिकारीहरूविरुद्ध पनि उक्त प्रकरणमा मुद्दा चलाइएको छ ।

    नेपालले विशेष अदालतमा आफ्नो बयानमार्फत आरोपको खण्डन गर्ने तयारी गरेको बुझिएको छ । बयान प्रक्रियासँगै अदालतमा बहस पनि अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images