images
images
  • अमेरिकी १२५ विमानबाट प्रहार गरिएको बंकर बस्टर बमले इरानी आणविक भट्टीमा क्षति नभएको रिपोर्ट, ट्रम्पले भने– फेक

    काठमाडौं– अमेरिकाले इजरायल–इरान युद्धको बीचमा इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा ‘बंकर बस्टर’ बम प्रहार गरे पनि कार्यक्रम पूर्ण रुपमा नष्ट नभएको पेन्टागनको गोप्य प्रारम्भिक रिपोर्टबाट खुलेको छ ।

    सीएनएनले स्रोत उद्धृत गर्दै इरानको युरेनियम भण्डार जोगिएको, मुख्य संरचनामा गम्भीर क्षति नपुगेको र केही युरेनियम आक्रमणअघि नै सारिएको उल्लेख गरेको छ । इरानले ती केन्द्रहरू पहिले नै खाली गरिसकेको दाबी पनि सार्वजनिक भएको छ ।

    तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन र न्युयोर्क टाइम्सको रिपोर्टलाई ‘फेक न्यूज’ भनेका छन् । उनले ट्रुथ सोशलमा फोर्दो केन्द्रमा १२ बंकर–बस्टर बम प्रहार गरिएको र केन्द्र पूर्ण रूपमा ध्वस्त भएको दाबी गर्दै आक्रमणलाई ‘इतिहासकै सफल’ भनेका छन् ।

    ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विट्कोफले गोप्य रिपोर्ट चुहावटलाई ‘देशद्रोह’ भनी कारबाहीको माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images