images
images
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा उभ्याइँदै

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा उपस्थित हुने भएका छन् ।

    नेपाल निकट कानुन व्यवसायीका अनुसार उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि विशेष अदालतमा उपस्थित हुन पाउने अनुमति माग्दै निवेदन दर्ता गरिएको हो । सोही निवेदनको आधारमा अदालतले पेसी तोकेर बयान लिनेछ ।

    बुधबारदेखि सुरु हुने भनिएको बयान प्रक्रिया छिटो टुंग्याउने तयारी नेपाल पक्षको रहेको छ । बयानपछि थुनछेक बहस हुनेछ, जसमा नेपालका कानुन व्यवसायीहरूले उनलाई साधारण तारेखमा राख्न माग गर्नेछन् भने सरकारी पक्षले थुनामा राख्नुपर्ने तर्क गर्नेछ ।

    अख्तियारले जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोप अनुसार भारतको पतञ्जलि योगपीठलाई जडीबुटी खेती र आयुर्वेद अस्पतालका लागि हदबन्दी छुटमा काभ्रेको ८१५ रोपनी जग्गा खरिद गर्न अनुमति दिइएको थियो । माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ मा छुटको निर्णय गरेको थियो ।

    तर, कानुनअनुसार हदबन्दी छुटमा खरिद गरिएको जग्गा बिक्री गर्न पाइँदैन । पतञ्जलिले खरिदको केही महिनामै सो जग्गा बेच्ने निर्णय गरेपछि अख्तियारले यसलाई अनियमित ठहर गर्दै मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images