images
images
  • रवि र रास्वपालाई अन्याय नहोस् : प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टी सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्ने हेतुले आफू निरन्तर प्रयासरत रहेको बताएका छन् ।

    मंगलबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले रास्वपा र लामिछानेलाई लिएर कुनै पूर्वाग्रह नरहेको जनाए ।

    ‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । तर, रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्ने चाहनाले मैले अन्तिम क्षणसम्म पनि प्रयास गरिरहेको छु,’ प्रचण्डले भने ।

    उनका अनुसार रास्वपाका नेता–कार्यकर्ताले आफूले गरिरहेको प्रयासलाई एकदिन बुझ्नेछन् । ‘रास्वपाका साथीहरूले समयक्रममा सबै कुरा बुझ्नेछन्,’ उनले थपे ।

    सिंहदरबारमा भएको छलफलमा पछिल्लो समय संसदमा देखिएको राजनीतिक अवस्था र समाजवादी मोर्चाको भावी दिशा तय गर्ने विषयमा सामान्य विचारविमर्श भएको दाहालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images