images
images
  • उपलब्ध स्रोतको सीमाका आधारमा बजेट

    काठमाडौं– गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको बताएका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले बजेटको सीमाका कारण शतप्रतिशत माग सम्बोधन हुन नसकेको बताए।
    “स्वाभाविक रुपमा हाम्रा माग र आवश्यकता धेरै छन् । तर हामीसँग स्रोत र साधनको सीमितता छ । त्यही सीमितताका बीच उपलब्ध स्रोत र साधनलाई प्राथमिकीकरण गरेर अधिकतम उपलब्धि हासिल गरेर कार्यसम्पादन गर्नुपर्ने अवस्था छ,” गृहमन्त्री लेखकले भने ।
    आगामी आर्थिक वर्ष २०८२÷८३ मा समग्र गृह मन्त्रालयका लागि कुल रु दुई खर्ब आठ अर्ब २४ करोड ८५ लाख विनियोजन भएकामा चालुतर्फ रु एक खर्ब ९२ अर्ब ९१ करोड ८७ लाख र पुँजीगततर्फ रु १५ अर्ब ३२ करोड ९८ लाख विनियोजन भएको उहाँले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images