images
images
  • प्रचण्ड र माधव नेपाल लगायतका नेताहरूबीच भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं– भिजिट भिसा प्रकरणमा गठित छानबिन समिति र संसद्भित्रको पछिल्लो गतिशीलतालाई लिएर विपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूबीच सिंहदरबारमा आज महत्त्वपूर्ण छलफल भएको छ ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए ।

    एकीकृत समाजवादीका नेता पाण्डेले जानकारी दिएअनुसार छलफलमा सरकारले हालै गठन गरेको भिजिट भिसा छानबिन समितिबारे गम्भीर चर्चा भयो ।

    उनका अनुसार, संसद्भित्र दुई दलले उठाउँदै आएको मुद्दालाई ध्यानमा राख्दै छानबिन समिति बनाइएको हो ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीको सहमतिअनुसार सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

    तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको स्वरूपप्रति असन्तुष्टि जनाउँदै आज पनि संसद बैठक अवरुद्ध गरे र बहिष्कारसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images