images
images
  • नेपालमा ८९ प्रतिशत रोजगार, ११ प्रतिशत बेरोजगार

    काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले हाल देशको ११.६ प्रतिशत जनसंख्या बेरोजगार रहेको जानकारी दिएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भण्डारीले श्रम र रोजगारीको अवस्था नेपालको समग्र आर्थिक विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे ।

    उनका अनुसार, ‘देशको ठूलो जनसंख्या बेरोजगार छ । मुलुकभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न चुनौतीपूर्ण बनेको छ । विद्यमान रोजगारीका केही अवसरहरूमा समेत दक्ष जनशक्तिको अभाव देखिन्छ, जसका कारण विदेशी नागरिकहरू त्यसमा संलग्न भइरहेका छन् ।’

    मन्त्री भण्डारीले वैदेशिक रोजगारीप्रतिको युवाको आकर्षणलाई मुलुकभित्रैको अवसरतर्फ मोड्नु मुख्य चुनौती रहेको बताए ।

    युवालाई स्वदेशमै रोजगारीमा आकर्षित गर्न सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए ।

    यो अभियान आगामी १० वर्षसम्म सञ्चालन हुनेछ र त्यसअन्तर्गत रोजगारी सिर्जना तथा सीप विकासमा विशेष ध्यान दिइनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images