काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक स्वयं शंकाको घेरामा रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै वाग्लेले भिजिट भिसा प्रकरण गम्भीर कुशासन, संगठित भ्रष्टाचार र मानव तस्करीसँग जोडिएको उल्लेख गरे ।
सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा गठन गरेको छानबिन समिति आफूहरूले अस्वीकार गर्ने वाग्लेले स्पष्ट पारे । उनले वैरागीलाई सत्ताको प्रिय पात्र भन्दै अनुसन्धानकै रडारमा रहेका रहस्यमय व्यक्ति भएको आरोप लगाए ।
‘उहाँ स्वयं सक्षम निकायहरूको निगरानीमा हुनुहुन्छ । त्यस्तो व्यक्तिले छानबिन कसरी गर्ने ?’ वाग्लेले प्रश्न गरे । उनले थपे, ‘गृहमन्त्री स्वयम् शंकाको घेरामा हुनुहुन्छ । यस्तो अवस्थामा निष्पक्ष छानबिन सम्भव देखिँदैन ।’
हेर्नुहोस् भिडिओ :























