images
images
  • सत्तापक्ष र माओवादीबीच भएको सहमति कार्यान्वयन उन्मुख, दुई दलको विरोध कायम

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दुई बुँदे सहमति अनुसार पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा गठित छानबिन समितिको स्वागत गर्दै सरकारप्रति आभार व्यक्त गरे ।

    ‘यसबारेमा संवैधानिक निकाय अख्तियारले पनि अनुसन्धान गरिरहेको छ । त्यो निष्पक्ष रूपमा होस् भन्ने हाम्रो चाहना हो,’ पुनले भने, ‘तर विषय केबल अख्तियारको क्षेत्राधिकारमा मात्रै सीमित छैन । यसमा जनताको चासोको विषयसमेत जोडिएको छ, त्यसैले समिति बनेको हो ।’

    पुनले माओवादी केन्द्रको तर्फबाट समितिको काममा निरन्तर निगरानी गरिने बताएका छन् ।

    तर उक्त समिति गठनलाई रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) र राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले अस्वीकार गरिसकेका छन् ।

    सरकारले आइतबार वैरागीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन ग

    रेको थियो । उक्त समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

    यद्यपि विपक्षी दल रास्वपा र राप्रपाले भने संसदमा विरोध कायम राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images