images
images
  • इजरायल ध्वंस नभएसम्म लडाइँबाट पछि नहट्ने इरानको अडान, युद्ध विराम ट्रम्पको झुट

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको दाबी गरेपछि इरानी पक्षबाट त्यसको खण्डन भएको छ ।

    इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) निकट फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै ट्रम्पको घोषणा ‘पूर्ण रूपमा झुट’ भएको स्पष्ट पारेको हो ।

    ‘इरानले अहिलेसम्म कुनै औपचारिक वा अनौपचारिक युद्धविरामको प्रस्ताव नपाएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

    बीबीसीले उल्लेख गरेअनुसार इरानले चाँडै नै इजरायलविरुद्ध सैन्य प्रतिक्रिया दिने तयारी गरिरहेको छ । जसबाट ट्रम्पको दाबीको खण्डन प्रमाणित हुने देखिन्छ ।

    इरानी पक्षका अनुसार अमेरिका दोहास्थित आफ्नै सैन्य अड्डामा इरानी आक्रमणपछि भोगेको अपमानजनक हारबाट जनध्यान अन्यत्र डो¥याउन युद्धविरामको कथा गढिएको हो ।

    यद्यपि, ट्रम्पको घोषणालाई अहिलेसम्म इरानी सरकारले आधिकारिक रूपमा न त खण्डन गरेको छ, न त समर्थन नै ।

    ट्रम्पले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत इजरायल र इरान ‘पूर्ण रूपमा युद्धविराममा सहमत’ भएको बताएका थिए । उनका अनुसार, युद्धविराम घोषणा भएको करिब १२ घण्टापछि कार्यान्वयनमा आउने थियो ।

    तर तेहरान टाइम्सले इरानी विश्लेषकहरूलाई उद्धृत गर्दै यो ट्रम्पले इरानमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न बोलेको नयाँ झुट भएको जनाएको छ ।

    विश्लेषकहरूका अनुसार, यस्तो प्रचारले इरानी जनतालाई आफ्नै सरकारविरुद्ध उक्साउने प्रयास हो, जसले देशभित्र असन्तोष बढाउन सक्ने जोखिम बोकेको छ ।

    इरानी संसदका सभामुखका सल्लाहकार महदी मोहम्मदीले पनि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अमेरिका र इजरायल झुट बोलिरहेका छन् । उनीहरूको उद्देश्य इरानले सतर्कता घटाओस् भन्ने हो, ताकि थप तनाव निम्त्याउन सकियोस् ।’

    जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्वमा पछिल्लो पटक अमेरिका पनि संलग्न बनेको छ ।

    अमेरिकी सेनाले इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि क्षेत्रीय अवस्था झनै जटिल बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images