images
images
  • विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्न सत्तारूढ एमालेद्वारा ह्वीप, के गर्ला कांग्रेस ?

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरुको शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।

    प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईलगायत सहभागी छन् ।

    प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको र सरकार सञ्चालनका विविध सन्दर्भमा बैठक भइरहेको जनाइएको छ ।

    विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सत्तारूढ एमालेले ह्वीप जारी गरेको छ भने कांग्रेसले यसबारे हालसम्म कुनै आधिकारीक निर्णय गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images