images
images
  • इरानद्वारा इजरायलमा मिसाइलको वर्षा

    काठमाडौं– इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)का अनुसार इरानबाट इजरायलतर्फ मिसाइल प्रहार गरिएको छ ।

    यस प्रहारपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको छ भने हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको छ ।

    आईडीएफले मिसाइल प्रहारको खतरा न्यूनीकरण गर्न आवश्यक क्षेत्रमा वायुसेना परिचालन गरिएको जनाएको छ ।

    इजरायली वायुसेनाले प्रहार अवरुद्ध गर्न र सुरक्षाका उपायहरू अपनाउँदै कारबाही गरिरहेको छ ।

    यो नयाँ मिसाइल आक्रमणले इरान–इजरायलबीचको तनाव फेरि चर्किएको संकेत दिएको बीबीसीले जनाएको छ ।

    यसअघि, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने चेतावनी दिएका थिए ।

    तर त्यसको केही समयअघि मात्र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच पूर्ण र समग्र युद्धविराममा सहमति भएको दाबी गरेका थिए ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत करिब ६ घण्टापछि युद्धविराम सुरु हुने बताएका थिए । तर त्यस विपरीत अवस्था झन् जटिल बन्दै गएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images