images
images
  • पीएसजीको प्रतिद्वन्द्वी इन्टर मियामी

    काठमाडौं : युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको नकआउट चरण (प्रिक्वाटरफाइन)मा इन्टर मियामीसँग खेल्ने भएको छ।

    सोमबार राति पीएसजीले अमेरिकी टोली सिएटल साउन्डर्सलाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनायो। समूह बीमा रहेको पीएसजीले समूह ए को उपविजेता मेस्सीको टोली इन्टर मियामीसँगको भिड्ने भएको हो।

    आज भएको खेलमा इन्टर मियामी ब्राजिलियन क्बल पाल्मेरससँग २–२ को बराबरीमा रोकियो। २–० को अग्रता जोगाउन नसक्दा मियामी बराबरीमा रोकिन बाध्य भयो।

    १६औँ मिनेटमा मियामीका लागि टडेउले गोल गर्दै अग्रता बनाएको थियो। खेलको ६०औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै अग्रतालाई दोब्बर पारे। खेलको ८० मिनेटमा पाल्मेरस खेलमा फर्कियो। उसका लागि पाउलिनोनले पहिलो गोल गरे। त्यसको ७ मिनेटपछि माउरिनोले गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

    तीन खेलमा दुईमा बराबरी र एक जित निकालेका टोली मियामी र पाल्मेरस समान ५ अंकका साथ अन्तिम १६ मा स्थान बनाउन सफल भए।

    यहि समूहका अल अलि र पोर्टोले ४–४ गोलको बराबरी खेले। दुवै टोली बाहिरएका छन्।

    गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भए पनि ब्राजिलियन क्लब बोटाफोगोले अन्तिम १६ मा स्थान बनायो।

    दुई खेलमा जित निकाल्दै ६ अंकका साथ समूह ए को उपविजेता बोटाफोगोले अब क्वाटरफाइनल प्रवेशका लागि अर्को ब्राजिलियन टोली पाल्मेरससँग आगामी आइतबार प्रतिस्पर्धा गर्ने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images