रोकियो वैदेशिक रोजगार, कैयौं अलपत्र

रोकियो वैदेशिक रोजगार, कैयौं अलपत्र

विश्व खबर

@BishwoKhabar

२०७८ असार १९ गते शनिवार ०७:२०

काठमाडौं । उनी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा...

काठमाडौं । उनी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई अनुरोध गरेर बल्लतल्ल भिसा मगाए ।

यसैबीच कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भयो । त्यसपछि खोप लगाएका कामदारलाई मात्र कतार प्रवेश अनुमतिको नियम लागू भयो । खोप लगाउन नपाएकाले कतार जान रोकिँदा उनी पिरोलिएका हुन् ।

स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार नगरेका होइनन् । तर सीमित खोप, त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धा मात्रै सरकारको प्राथमिकतामा रहँदा उनले लगाउन पाएनन् । कपिलवस्तु–१ बहादुरगन्ज चोकका ३२ वर्षीय नूर मोहम्मद पनि कतारको भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा छन् । दोहामा भ्यानचालक काम गर्न भिसा पाएका उनी खोप लगाउन नपाएकै कारण जानबाट वञ्चित भएका छन् । ‘बडो संघर्ष गरेर भिसा आयो,’ उनले भने, ‘खोप नलगाएकालाई कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ ।’

उनीहरूजस्तै जिल्लाका ३० जनाभन्दा बढी कामदार अहिले खोपकै कारण खाडी मुलुक जानबाट वञ्चित भएका छन् । खाडीका मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिकलाई मर्का परेको हो । सरकारले एक त खोप नै भित्र्याउन सकेको छैन, त्यसमाथि छिटपुट आएका मात्रामा पनि वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पाउने प्राथमिकतामा राखेको छैन ।

स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, सञ्चारकर्मी, ज्येष्ठ नागरिकलगायतलाई मात्र खोप दिएको छ । ‘भिसाको म्याद सकिन महिना दिन बाँकी छ,’ गौरीले भने, ‘अब जान नपाउने पक्कापक्की जस्तै छ ।’ कम्पनीले पठाएको भिसाको म्यादमा जान नपाए पुनः बोलावट नआउने उनलाई चिन्ता छ ।

‘खोप कहिले लगाउन पाइन्छ भन्दै रेडियो सुनेर बस्छु,’ नूर मोहम्मदले भने । खोप ल्याएर सहज बनाउनेतर्फ सरकारको तयारीका खबरले ढुक्क नलाग्दा निद्रा आउन पनि छोडिसकेको उनले सुनाए । डेढ वर्षअघि नेपाल फर्केका उनी अहिले कमाइ नभएपछि फेरि रोजगारीका लागि कतार जान लागेका हुन् ।

दुबईमा होटल म्यानेजमेन्ट पढेकी यहाँकी किरण निरौला पनि काम गर्न अवसर पाएर उतै जान हतारिएकी छन् । ‘हातमा भिसा आइसकेको छ,’ उनले भनिन्, ‘खोप लगाउन नपाउँदा जान पाउने कि नपाउने अनिश्चित छ ।’ संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार र साउदी अरबले खोप नलगाएका कामदारलाई प्रवेश निषेध गरेको छ ।

रूपन्देहीको बुटवल–१२ ढवाहाका २८ वर्षीय विनोद दर्नालसँग कतारको भिसा छ । तीन वर्ष मलेसिया बसेका उनी कम्पनी बन्द भएपछि फर्किएका हुन् । अहिले कतार जाने तयारीमा थिए । ‘हातमा भिसा छ तर खोप नलगाई जान पाइँदैन भनेर रोकिदिए,’ उनले भने, ‘खोप नपाएर श्रम स्वीकृति समेत लिन पाइएन ।’ विदेशमा मजदुरी गर्नेको रेमिट्यान्सले खर्च चले पनि राज्यले बेवास्ता गर्दा नागरिक हुँ जस्तो भान नभएको उनले गुनासो गरे ।

सैनामैना–७ रामापुरका कृष्णप्रसाद घिमिरे नौ वर्षदेखि जापानमा थिए । बिदामा घर आएका बेला निषेधाज्ञामा परे । गत वैशाख २८ गतेका लागि काटेको टिकटमा उड्न पाएनन् । उनी संक्रमित भए । ‘खोप लगाएर बस्न पाएको भए कोरोना लाग्दैनथ्यो होला,’ उनले भने ।
बिदामा आउँदासमेत खोप नपाएर असुरक्षित भएपछि भिसा क्यान्सिल गरेर बस्नुपरेको उनको गुनासो छ । संक्रमित भएकाले खोप नलगाई जान नपाइने भएकाले पर्खाइमा रहेको उनले बताए । तिलोत्तमा–६ का अमृत क्षत्री खोप लगाउन नपाएर पीडित छन् । विदेशबाट सबै कागजपत्र आए पनि खोपको कार्ड नहुँदा जान नपाएको उनले बताए । उनले भने, ‘खोपलाई अनिवार्य बनाएकाले जान पाइएन ।’

स्थानीय प्रशासन भने विदेश जाने पर्खाइमा बसेकाहरूबारे बेखबर छ । संघीय सरकारबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक संकलन गर्न निर्देशन आएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

‘कति जना जाँदै हुनुहुन्छ भन्ने यकिन तथ्यांक निकालीहाल्न सक्दैनौं,’ उनले भने, ‘प्रशासनमा निवेदन दर्ता गर्न सुझाएका छौं, सोहीअनुसार खोप माग गर्न सहज हुन्छ ।’ स्वास्थ्य मन्त्रालयबाट निर्णय भएर खोप नआउन्जेल आफूहरूले केही गर्न नसक्ने भन्दै उनले यहाँ दर्ता भएका, जानकारीमा आएका मानिसको संख्या टिपाएर खोप आउने बित्तिकै उनीहरूलाई लगाइदिने बताए ।

पाल्पाको रामपुर–५ भम्बकका कुलबहादुर खत्री दुबईबाट घर आएको पाँच महिना भयो । कोरोनाविरुद्धको खोप लगाउन नपाएर काममा फर्किन पाएका छैनन् । खोपको खोजीमा काठमाडौं, पोखरा, पाल्पाका धेरै ठाउँ दौडधुप गरेको उनले सुनाए ।

‘कम्पनीले खोप लगाएर आउन भनेको छ तर जहाँसुकै धाउँदा पनि खोप लगाउन पाइएन,’ उनले भने । पूर्वखोला–२ जल्पा लाभेका टंकनाथ खनाल दुबई जानुपर्ने एक महिनाअघि नै हो । अहिलेसम्म उड्न पाएका छैनन् । कम्पनीले खोप लगाएपछि मात्र आउन भनेकाले उनलाई विदेश जान समस्या भएको हो । ‘खोपका लागि धेरैपटक प्रयास गरियो तर पाइएको छैन,’ उनले भने ।

बगनासकाली–१ चिर्तुङधाराका टेकबहादुर चिदी पनि खोप लगाउन नपाएकै कारण विदेश जान पाएका छैनन् । कागजी प्रक्रिया पूरा गरे पनि खोप नपाएर वैदेशिक रोजगारीमा जान नपाउनेको संख्या पाल्पामा मात्र ५ सयभन्दा बढी रहेको उनको अनुमान छ । ‘विदेश जान समस्या भयो भन्दै आउनेको संख्या बढेको छ,’ बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले भने, ‘दैनिकजसो खोपको माग गर्दै आउने गर्छन् ।’

अर्घाखाँचीको मालारानी–९ का विष्णु घिमिरेले कतार जाने तयारी पूरा गरेका थिए । तर, खोप लगाएको रिपोर्ट नहुँदा निराश छन् । ‘घरमा ऋण छ, छोराछोरी पढाउन र घरखर्च चलाउन मुस्किल भएर कतार जान लागेको हुँ,’ उनले भने, ‘सबै काम पूरा गरेर काठमाडौं हिँड्न लाग्दा, खोप नलगाएकालाई कतार प्रवेश अनुमति नदिने खबर सुनें । स्वास्थ्य चौकी, जिल्ला जनस्वास्थ्य र अस्पतालमा गएँ, खोप आएको छैन भन्ने जवाफ पाएपछि मन खिन्न भयो ।’

खोप कहिले आउँछ भनेर स्वास्थ्यकर्मीलाई सोध्दा टुंगो नभएको जवाफ पाएको उनले बताए । शीतगंगा–१० का विकास पुनले खोप लगाउन पाएनन् । ‘धेरै पटक स्वास्थ्य चौकी, नगरपालिकामा खोप चाहियो भनेर धाएँ, आएपछि लगाइदिन्छौं भन्ने आश्वासन दिए तर खोप आएन,’ उनले भने । कोरोना संक्रमणबाट सुरक्षित हुन खोप मागेको उनले बताए । त्यही खोप लगाउन नपाएकै कारण उनी कतार जान पाएनन् । कम्पनीमा सम्पर्क गर्दा म्यानेजरले खोप लगाएको रिपोर्टबिना आउन पाइँदैन भनेपछि झसंग भएको उनले बताए ।

यूएईले गत वैशाख २३ देखि नेपालबाट कामदारसहितका यात्रुलाई प्रवेश निषेध गरेको छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार आउन दिएको छैन । साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्न पर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउने छन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

यूएई र कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको छ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमोदन दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म र अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी सबै खोप नेपालमा अभाव छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले वैदेशिक रोजगारमा जाने कामदारका हकमा सरकारले खोप लगाउने नीति नबनाएको प्रतिक्रिया दिए । कान्तिपुर दैनिकबाट
काठमाडौं। सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ ।

बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए । सोही बमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए । तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ । नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेका हुन् ।

केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ । ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन्। सर्वोच्च अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन् । नागरिक दैनिकबाट

प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०७:२०
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia