images
images
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा, उपेन्द्रले भने– ओली असफल प्रधानमन्त्री

    काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले फिर्ता लिने तयारी गरेको छ ।

    असार ७ र ८ गते बसेको पार्टी कार्यकारिणी समितिको बैठकले संसदीय दललाई समर्थनको विषयमा पुनर्विचार गर्न निर्देशन दिएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

    ‘भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन र आर्थिक सुधारजस्ता महत्वपूर्ण विषयमा वर्तमान सरकारले पूर्ण रूपमा असफल भएको ठहर गर्दै, पार्टीले विगतमा दिएको समर्थनबारे पुनर्विचार गर्न संघीय संसदीय दललाई निर्देशन दिएको हो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसका साथै पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली असफल प्रधानमन्त्री भएको दाबी गरेका छन् ।

    त्यस्तै, बैठकले हालै विभिन्न दल परित्याग गरी जसपा प्रवेश गरेका नेता–कार्यकर्तालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ ।

    पर्साबाट शशिकपुर मियाँ, करिमा वेगम र सुधीरनाथ पाण्डे, रूपन्देहीबाट कैलास गुरुङ र नीलम यादव केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images