images
images
  • बजेटसम्बन्धी विनियोजन विधेयक भोलि संसद्‍मा निर्णयार्थ प्रस्तुत गरिने, एमालेको ह्वीप जारी

    काठमाडौं– नेकपा (एमाले) ले विनियोजन विधेयक, २०८२/०८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।

    एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

    नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेश गरिएको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images