images
images
  • एसीसी मेन्स यू–१६ इस्ट जोन कप : प्रसिद्धको अर्धशतकमा सिंगापुरमाथि नेपालको जित

    काठमाडौं– ओपनर प्रसिद्ध जैसीको अविजित अर्धशतकको मद्दतले नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा शानदार सुरुवात गरेको छ। आइतबार मलेसियाको बायुemas ओभलमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा आरम्भ गरेको हो।

    सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा मात्र ४ विकेट गुमाएर सहजै पूरा गर्‍यो। प्रसिद्ध जैसीले ५५ रनमा अविजित रहँदा रौनक श्रीवास्तवले ४० रनको योगदान दिए।

    सिंगापुरका बलर आकाश तेजाले ३ विकेट लिए भने युवान पाण्डेले १ विकेट हात पारे।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमै अलआउट भएको थियो। नेपालको बलिङ आक्रमणले सिंगापुरलाई दबाबमा राख्न सफल भयो। कप्तान विपिन प्रसाद शर्माले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिँदा, सचिन भट्टले ६.१ ओभरमा २ मेडन राख्दै १६ रन दिएर ३ विकेट झारे। अभय यादव र शुभम खनाले समान १–१ विकेट लिए।

    सिंगापुरका लागि कप्तान रियान नइकले सर्वाधिक ५३ रन बनाए भने ओपनर आहान भुथानदमले ३८ रनको योगदान गरे।

    नेपाल अब मंगलबार जापानसँग दोस्रो खेल खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images