images
images
  • अमेरिकी आक्रमणपछि इरान आक्रोशित, इजरायलमाथि ४० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

    काठमाडौं– अमेरिकाबाट भएको आक्रमणपछि इरान आक्रोशित बनेको छ ।

    जवाफी कदमस्वरूप उसले पुनः इजरायलमाथि आक्रमण सुरु गरेको छ ।

    इजरायली रक्षा बल (आईडीएफ)का अनुसार इरानले इजरायलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सुरु गरेको पुष्टि गरिएको छ ।

    आईडीएफका अनुसार पछिल्ला २४ घण्टाभित्र इरानले प्रत्यक्ष रूपमा इजरायलमाथि ४० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

    जुन अहिलेसम्मकै सबैभन्दा ठूलो एकल हमला मानिएको छ ।

    यस हमलामा विभिन्न स्थानमा क्षेप्यास्त्र खसेको र घाइतेहरूको खोजी तथा उद्धारका लागि राहत टोलीहरू परिचालित गरिएको जानकारी दिइएको छ ।

    इजरायलको तेल अभिभ क्षेत्रमा साइरन बजेको र नागरिकहरूलाई सतर्क रहन निर्देशन दिइएको छ ।

    आक्रमणपछि त्यहाँ व्यापक त्रासको वातावरण सिर्जना भएको छ ।

    त्यसैगरी, इरानबाट प्रक्षेपण गरिएका दुई ड्रोन इजरायली वायुसेनाले देशको दक्षिणी भागमा खसालेको बताइएको छ ।

    यी ड्रोनहरूको कारण अरवा क्षेत्रमा पनि साइरन बजेको र स्थानीय बासिन्दा त्रसित भएको उल्लेख गरिएको छ ।

    यद्यपि केही सैन्य विश्लेषकहरूले इरानबाट इजरायलसम्म ड्रोन पुग्न धेरै समय लाग्ने भएकाले यी आक्रमणहरू अमेरिकी आक्रमण अघि नै सुरु गरिएका हुनसक्ने अनुमान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images