images
images
  • संसद्‌मा सांसद अमरेशले नेपाललाई लिजमा दिऊँ भनेपछि हंगामा, एमाले सांसदकाे चलेन जोर

    काठमाडौं– प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहको विवादास्पद अभिव्यक्तिले संसदमा तनाव सिर्जना गरेको छ ।

    सिंहले नेपालका केही जिल्ला लिजमा अरू देशलाई दिऊँ भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष एमालेसहित सत्तारूढ दलका सांसदहरू आक्रोशित बनेका छन् ।

    एमाले प्रमुख सचेतक महेश बर्तौलाले डा.सिंहको अभिव्यक्तिलाई आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी गर्दै विरोध जनाए । त्यसपछि सत्तापक्षका थुप्रै सांसद पनि उठेर विरोधमा उत्रिए ।

    संसद्मा हल्ला र नाराबाजी सुरु भएपछि सभामुख देवराज घिमिरेले सिंहको उक्त अभिव्यक्ति कार्यसूचीबाट हटाउन निर्देशन दिए ।

    सभामुखको निर्देशनप्रति असन्तुष्टि जनाउँदै सांसद सिंहले सभामुख एमालेका मात्रै हुन्, बजेट नजाने प्रदेशका सांसदलाई बोल्न पनि नपाइने ? भन्दै आक्रोश पोखेका थिए । उनले प्रतिपक्ष एमालेमाथि कटाक्ष गर्दै भने, ‘देशप्रति गद्दारी गर्ने त तपाईंहरू हो ।’

    सिंहको यस्ता टिप्पणीपछि थप सांसदहरू नाराबाजीमा उत्रिए, जसले गर्दा संसदको वातावरण केही समय अशान्त रह्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images