images
images
  • कर्णाली प्रदेशसभा बैठक: कार्यसूचीमा प्रवेश नै गर्न नपाई फेरि अवरुद्ध

    सुर्खैत । कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध भएको छ ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो । प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि अवरुद्ध गरको हो ।

    झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसदको कारबाही अघि बढ्न नदिने बताइन् ।

    यस्तै एमालेका सांसद दानसिंह परियारले संसद अवरुद्ध एमालेका कारणले नभएर संसदीय व्यवस्थाअनुसार काम नभएकाले गर्नुपरेको बताए । उनले पनि विगतका बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले भन्ने गरेका कुराहरुलाई नै दोहोर्याए ।

    अदालतले एमाले बनाइदिँदा एमालेको पक्षमा नभएको प्रति उनले टिप्पणी गरे । साथै उनले बैठक अवरुद्ध गर्नुको कारण सरकारमा रहेका तीनजना मन्त्रीहरु दलीय व्यवस्थाअनुसार सञ्चालन नभएको बताए ।

    सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेले नटेरेपछि असार २४ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images