images
images
  • राजावादीको आन्दोलन सेलाएसँगै काठमाडौं चक्रपथ क्षेत्रको निषेधाज्ञा हटाइयो

    काठमाडौं– काठमाडौं उपत्यकाको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै चक्रपथ क्षेत्रभित्र सार्वजनिक स्थानहरूमा लागू गरिएको निषेधाज्ञा खारेज गरिएको जानकारी दिएको हो ।

    पूर्वराजासम्बन्धी आन्दोलन तीव्र भएपछि जेठ १८ गतेदेखि प्रशासनले चक्रपथ भित्रका अधिकांश क्षेत्रहरूमा प्रदर्शन निषेध गरेको थियो ।

    त्यसबेला तीन स्थानबाहेक अन्यत्र विरोधसभा तथा कार्यक्रम सञ्चालनमा रोक लगाइएको थियो ।

    हाल उक्त आन्दोलनको सक्रियता घटेसँगै प्रशासनले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सभा, जुलुस वा अन्य सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सकिने छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images