काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले तीव्र विरोध जनाउँदै बैठक बहिष्कार गरेका छन् ।
बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरू आ–आफ्नो सिटबाट उठेर विरोध जनाए ।
सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले आग्रह अस्वीकार गर्दै विरोध जारी राखे । सभामुखले त्यसपछि मन्त्रालयगत बजेटमाथिको छलफल अघि बढाएका थिए ।
विरोध कायम राख्दै राप्रपा र रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।
यसैबीच सभामुख घिमिरेले बैठकको कार्यसूचीमा समावेश गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी गराएका छन् ।
विरोधको कारण भने सांसदहरूले स्पष्ट रूपमा सार्वजनिक गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























