काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने भनिएको सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको शुक्रबारको कार्यसूचीबाट हटाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद बैठक सुरु हुनेबित्तिकै उठेर अवरोध गरेपछि सो कार्यसूची हटाइएको हो ।
विपक्षी दलको अवरोधका कारण सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको जानकारी गराए ।
यद्यपि, बजेटमाथिको छलफल भने यथावत् रूपमा अगाडि बढाइने उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्























