images
images
  • क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो

    काठमाडौं – अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले एसियाली क्लब अल हिलासँग बराबरी खेलेको छ।

    रियल १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसरलाई उपयोग गर्न नसकेपछि रियल बराबरीमा रोकिएको हो।

    फेडरिको भाल्भार्डेको पेनाल्टी अल हिलाका गोल रक्षक यासिन बोउनले बचाएका थिए। यसअघि गोनजाला गार्सियाले ३४ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।

    खेलको ४२ औँ मिनेटमा रुबेन नाभेसले पेनाल्टी मार्फत गोल गरेपछि अल हिलाले बराबरी गरेको हो। सोही समूहमा रहेका पाचुसा र रेड बुल साल्ज ब्रगको खेलमा सालज ब्रगले १-० को अग्रता लिएको समयमा खेल खराब प्रकाशका कारण स्थगित भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images