
काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरु भएको छ ।
आज (बिहीबार) दिउँसो केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल जारी छ ।
उक्त छलफलमा ओली र देउवा उपस्थित भए पनि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित छैनन् ।
उनको अनुपस्थितिविना छलफल चलिरहेको छ ।
छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारी कामकारबाही र समसामयिक विषयमा छलफल भइरहेको छ ।
प्रचण्ड काठमाडौं उपत्यका बाहिर भएको छलफलमा उपस्थित भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्