images
images
  • एमालेको नेतृत्व पुनः हत्याउने तयारीमा ओली, दोस्रो कार्यकालमै ब्रेक लगाउने होडमा नेताहरू

    काठमाडौं– नेकपा (एमाले)को विधान अनुसार ७० वर्षे उमेरहद र एउटै पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था छ ।

    तर, २०८० जेठमा केन्द्रीय समितिले उमेरहदको प्रावधान अस्थायी रूपमा निलम्बन गरेपछि हालसम्म त्यसलाई फुकुवा गरिएको छैन ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालको तयारीमा लागेपछि यो विषय फेरि पेचिलो बन्दै गएको छ ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, र रामबहादुर थापा उमेरहदका कारण उम्मेदवारी दिन नपाउने अवस्थामा छन् ।

    ओलीले विधान संशोधनमार्फत उमेरहद र कार्यकाल सीमा हटाउन खोजिरहेको भनिँदैछ । उपमहासचिव प्रदीप ज्ञवालीले यी विषयहरूलाई प्राविधिक भन्दै अध्यक्षलाई काम गर्न दिनुपर्ने धारणा राखेका छन् ।

    तर, पार्टीभित्रै वरिष्ठ नेताहरू विभाजित छन् । पोखरेलले यो व्यवस्था हटाउनु नहुने पक्षमा अडान राखेका छन् ।

    विधान महाधिवेशनमा संवैधानिक पदबाट राजनीतिमा फर्कन रोक लगाउने प्रस्ताव ल्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित सक्रिय भूमिकामा समेत रोक लगाउने तयारी भइरहेको चर्चा छ ।

    भण्डारी आफैं उमेर हद र कार्यकाल सीमा कायम राख्नुपर्ने पक्षमा छन् ।

    पार्टीले भदौमा हुने विधान महाधिवेशनका लागि प्रदेश र जिल्ला कमिटीहरूलाई सुझाव माग्ने सर्कुलर पठाएको छ ।

    नेताहरूले यसलाई प्रावधान हटाउने पूर्वतयारीका रूपमा बुझेका छन् ।

    २०६५ को आठौं महाधिवेशनले कार्यकाल सीमा र २०७१ को नवौं महाधिवेशनले उमेर हदको व्यवस्था ल्याएको थियो ।

    तर, २०७८ को विधान महाधिवेशनले ओलीका लागि विशेष व्याख्या गर्दै ७० वर्ष नपुगेका कार्यकारी पदाधिकारीलाई छुट दिएको थियो ।

    अबको निर्णय विधान महाधिवेशनबाटै हुने भएकाले नेतृत्व चयनको बाटो त्यसले खोल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images