images
images
  • भिजिट भिसा प्रकरण मत्थर नभएपछि आकस्मिक बैठकको तयारीमा कांग्रेस

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि (बुधबार) बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    यसअघि बैठक आगामी असार १५ गतेका लागि तय गरिएको भए पनि अचानक भोलि नै बैठक बस्ने निर्णय गरिएको छ ।

    यही कारण बैठकलाई आकस्मिक भनिएको मुख्यसचिव पौडेलले स्पष्ट पारे ।

    यसका साथै भिजिट भिसा प्रकरणलाई लिएर संसद्को गतिरोध कायम रहेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएकोे छ ।

    बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images