images
images
  • सेयर बजारमा गिरावट

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।

    आज नेप्से ३.९० अङ्कले घटेर २६५४.७५ विन्दुमा बन्द भएको हो ।

    परिसूचकसँगै आज कारोबारमा पनि उच्च गिरावट आएको छ । सोमबार १३ अर्ब माथिको कारोबार भएको बजारमा आज मुस्किलले ७ अर्ब ६५ करोडको कारोबार भएको छ ।

    आज दिनभरमा जम्मा २४७ कम्पनीका ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको हो ।

    आज बजारमा बिक्रीकर्ता हाबी देखिएका छन्। कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्यमा गिरावट आएको छ।

    आज कारोबारमा आएका उप(समूहहरूमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूहको सूचकमा गिरावट आएको छ।

    हाइड्रोपावर समूहको सूचक ०.२७५ ले बढ्दा, सबैभन्दा धेरै होटल्स एण्ड टुरिजम समूह १.५५ प्रतिशत र माइक्रोफाइनान्स समूह १.१० ले घटेका छन्। त्यसैगरी, बैङ्किङ, विकास बैङ्क, वित्त, जीवन बीमा लगायतका अन्य समूहहरू पनि आज घटेका छन् ।

    सर्वाधिक कमाउनेमा आज पनि पियोर इनर्जी रह्यो । सो कम्पनीको शेयर मूल्यमा ९.९९ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ।

    यसपछि बुटवल पावर कम्पनी ७.५९ प्रतिशत र सामुदायिक लघुवित्त ७.१३ प्रतिशतले बढेका छन्। सर्वाधिक गुमाउनेमा आज गार्डियन लाइफ इन्स्योरेन्स रहेको छ ।

    सो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.७२ प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रो अग्रस्थानमा रह्यो।

    कम्पनीको ७४ करोड ९६ लाख भन्दा बढीको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images